आज मिती २०७७ साल माघ २६ गते सोमबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ २६ गते । सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–द्वादशी,५० घडी ४० पला,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मूल,२१ घडी ४४ पला,दिउसो ०३ बजेर ३० मिनेट उप्रान्त पूर्वाषाढा । योग–हर्षण,१२ घडी ५२ पला,बिहान ११ बजेर ५७ मिनेट उप्रान्त बज्र । करण–कौलव,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त गर । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी ३० पला । 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

वैदेशिक काममा प्रगति हुनेछ । धर्ममा रुचि जानेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

मानसिक अशान्ति बढ्नेछ । अचानक वाधा हुनेछ । मानमा आघात पुग्नेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

पारिवारिक सहयोग मिल्नेछ । साझेदारीमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप बढ्नेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

नयाँ काममा खर्च बढ्नेछ । विरोधी पर हट्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

बुद्धीले सही निर्णय दिनेछ। सन्तानले माया दिनेछन् । संगीतमा प्रतिष्ठा मिल्नेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

चिसोलो स्वास्थ्यबाधा आउनेछ । घरायसी विवाद बढ्नेछ । काम बीचैमा अड्किनेछ 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  

दाजुभाइको सहयोगले काममा सजिलो हुनेछ । घरबाहिर व्यस्त भइनेछ । नया जिम्मेवारी आउनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

धनको जोहो हुनेछ । भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

साथीभाइमा खर्च हुनेछ । प्रशन्नता बढ्नेछ । रमाइलोमा बढी खर्च हुनेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

सरसामान हराउन सक्नेछ । मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

कृषिकार्यमा सन्तुष्टि मिल्नेछ । आम्दानीको स्तर बढ्नेछ । कामबाट सफलता मिल्नेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

काममा प्रशंसा मिल्नेछ । राजनितीमा पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।