लाइसेन्सको लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म ट्रायल दिन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको छ । आइतबार सूचना सार्वजनि गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने  व्यवस्था गरेको हो । 

विभागले  लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर समय बढाएको सूचनामा जनाइएको छ । 

कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैतदेखि भएको लकडाउनका कारण लिखित परीक्षा पास भई ट्रायल दिनबाट वञ्चित भएका सेवाग्राहीलाई लक्षित गरी विभागले यस्तो व्यवस्था मन्त्रालयको दाबी छ । 

सिस्टममा समावेश गरिएकाले सोहीअनुसार रि–ट्रायल सञ्चालन गर्न विभागले सबै कार्यालयलाई आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।