९ प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकले नौं प्रतिशत ब्याज दरको नागरिक बचत पत्र जारी गर्ने भएको छ। सरकारलाई आन्तरिक ऋण उठाइदिने क्रममा राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्न लागेको हो।

प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने बचतपत्र माघ २७ गतेदेखि बिक्री खुला हुने छ। कुल २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो। आवेदन फागुन १८ गतेसम्म दिइसक्नु पर्छ।

ऋणपत्रको अवधि ५ बर्षको हुने छ। ५ बर्षपछि साँवा भुक्तानी हुने छ। यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिन्छ। 

कम्तिमा १० हजार रुपैयाँको ऋणपत्र खरीद गर्नु पर्ने हुन्छ। यसमा संस्थाले लगानी गर्न पाउँदैनन्। नेपाली नागरिकले मात्र लगानी गर्न पाउने छन्। 

चालु आर्थिक बर्ष सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ। त्यसैमध्येको २ अर्ब नागरिक बचतपत्रमार्फत उठाउन खोजेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।