भट्टको हत्यारालाई कारबाही गर्न नेविसङ्‍घको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्‍घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।

नेविसङ्‍घका अध्यक्ष राजीव ढुङ्‍गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसङ्‍घ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्।

“विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्‍नलाई पक्राउ गरी कारबाही नहुनु  दुःखद् कुरा हो,” अध्यक्ष ढुङ्‍गानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।