उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक पदाधिकारीको सपथ ग्रहण कार्यक्रम बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन सभामुख अग्नि सापकोटाले संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायका पदाधिकारीलाई बुधबार विहान शपथ ग्रहण गराएकी थिइन्। 

कानूनी र राजनीतिक विवादका बीच भएको उक्त शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सभामुख अग्नि सापकोटा भने सहभागी भएनन्। 

नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि तत्कालिन माओवादीबाट उपराष्ट्रपति बनेका पुन प्रचण्ड–नेपाल समूहसँग नजिक रहँदै आएका छन् । 

सभामुख सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको नियुक्ती सिफारिसमा असन्तुष्टी जनाउँदै फिर्ता पठाएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।