आज मिती २०७७ साल माघ २० गते मंगलबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग 

वि.सं.२०७७ साल माघ २० गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी,२८ घडी २७ पला,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–हस्त,४४ घडी २३ पला,रातको १२ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग–सुकर्मा,०५ घडी ३२ पला,बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त धृति । करण–कौलव,बिहान ०७ बजेर १७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त गर । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी ०९ पला । विश्व शिमसार दिवस । 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

झमेलाबाट मुक्त भइनेछ । विरोधी पर जानेछन् । खानपिनमा खर्च बढ्नेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ । कला संगीतमा प्रगति मिल्नेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

प्रेममा शंका हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

नयाँ काममा योजना बन्नेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन सम्पत्तिको कारोवार बढ्नेछ । नयाँ कुराले खुसी मिल्नेछ । भोजनको सुख पाइनेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

नयाँ काममा खर्च आउनेछ । पुरानो काम फटाफट बन्नेछ । मित्रजनको साथ मिल्नेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

यात्रामा वाधा आउनेछ । घरायसी बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

महिलावर्गको सहयोग मिल्नेछ । कृषि चौपायाबाट आम्दामी हुनेछ । पुराना सहयोगी अघि सर्नेछन् । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

सरकारीकाममा राहत मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । बौद्धिक क्षमताले प्रशंसा रहनेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

काममा खुसीको खवर मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ । स्वास्थले समस्या दिनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

नयाँ सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।