काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोस्रो पटक नेगेटिभ सर्किट लागेको छ ।
पहिलो सर्किट लगाई २० मिनेटका लागि स्थगित कारोबार पुनः सुरु भएको ११ मिनेटमै नेप्से परिसूचकमा ५ प्रतिशतको गिरावट आएपछि पुनः दोश्रो सर्किट लागेको हो ।
दोश्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ ।
१२ बजेर ३१ मिनेटमा बजार ५ प्रतिशतले घटेपछि दोस्रो सर्किट लागेको हो । अब बजार ४० मिनेटको लागि बन्द हुने छ । अब बजार १ बजेर ११ मिनेटमा खुल्ने छ ।
यस अघि ११ बजेर ५९ मिनेटमा बजार ४ प्रतिशतले घटेपछि बजारको कारोबार २० मिनेटलाई बन्द भएको थियो ।
यो समाचार तयार पार्दासम्म नेप्से सूचक ७२.०३ अंकले घटेर १३६३.६७ को बिन्दुमा पुगेको छ ।
नेप्सेमा भीषण पहिरो,नेगेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगित
Comment