काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा थापा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेका हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा थापालाई नियुक्ति गरिएको हो । 

उपकुलपतिको दौडमा ४४ जना उम्मेदवार थिए। तीमध्ये प्राडा रामकण्ठ मकाजु, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुँइटेलको नाम समितिबाट सिफारिस भएको थियो। १० वटा विभिन्न मापदण्डका आधारमा समितिले नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।