कोरोना भाइरसको त्रास नेपालसहित १४ देशलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । कोरोना भाइरस संक्रमण विश्वभर तीव्ररूपमा फैलन थालेपछि कतारले नेपालसहित थप १४ देशलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ।

अस्थायी रुपमा प्रवेशमा रोक लगाइएको मुलुकमा नेपाल पनि रहेको छ । कतार वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य हो । कतारमा चार लाख भन्दा धेरै नेपाली रहेका छन् । यसअघि कतारले इटालीका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देश

नेपाल

बंगलादेश

चीन

इजिप्ट

भारत

इरान

इराक

लेबनान

पाकिस्तान

फिलिपिन्स

दक्षिण कोरिया

श्रीलंका

सिरिया

थाइल्यान्ड

कतारमा सोमबार सम्ममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइमा राखेको जनाएको छ । तर ती नागरिक कुन देशका हुन् भन्ने उसले जानकारी दिएको छैन ।

सोमबार विहान सम्ममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ ।

विश्वस्वास्थ्य संगठन डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुक र भूभागमा कोरोनाभाइरस देखिँदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।