बारामा गाँजा ओसारपसारमा संलग्न र प्रहरीबीच गोली हानाहान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । बारामा प्रहरी र गाँजा तस्करकाे समूहबीच शनिबार राति गाेली हानाहान भएकाे छ ।

तस्कर समूहलाई नियन्त्रणमा लिने क्रममा गस्तीमा हिँडेकाे प्रहरी टाेली र तस्कर समूहबीच गाेली हानाहान भएकाे हाे । प्रहरीलाई लक्षित गरी गाँजा तस्करीमा संलग्न ८/१० जनाको समूहमा रहेका व्यक्तिले गोलि प्रहार गरेपछि प्रतिकारमा प्रहरीले ५ राउण्ड गोलि चलाएको बारा प्रहरीले जनाएकाे छ ।

शनिबार राति पौने १० बजे गाँजा तस्करी भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट प्रहरी भक्तलाल खोलाको बगरमा पुगेको थियो । गाेली हानाहानपछि प्रहरीले घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका ६ का ४७ वर्षीय इमानसिंह तामाङलाई नियन्त्रणमा लिएकाे छ । साथै उनीहरूकाे साथबाट १०२ केजी गाँजा समेत बरामद भएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेकाे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।