प्रधानमन्त्रीले आफ्नै घरमा आगो लगाए : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै घरमा आगो लगाएको बताएका छन् ।

संसद विघटनको विरोधमा शनिबार काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको विरोध सभालाई चावहिलमा सम्बोधन गर्दै नेता थापाले घर सम्हाल्ने जिम्मेबारी पाएको प्रधानमन्त्री आफैले घरमा आगो सल्काएको बताएका हुन् ।

उनले भने, ‘घर सम्हाल्ने जिम्मेवारी काँधमा बोकेका प्रधानमन्त्रीले घरमै आगो लगाएका छन् ।’ प्रधानमन्त्रीले राष्ट्रका निम्ति अपराध गरेको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था हाम्रो संविधानमा छैन, पार्टीभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गरिएको हो ।’

उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको गलत कामलाई अब सर्वोच्च अदालतले मात्रै सही दिशामा ल्याउन सक्ने समेत बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।