माछापुच्छ्रेको थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकले एकैसाथ देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका ०३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका ०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गाउँपालिका ११, रातापानी, झापा जिल्लाको शिवसताक्षी नगरपालिका –१०, माईधारा ,झापा जिल्लाकै कन्काई नगरपालिका –०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १४८ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवाकेन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूतक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०८ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर १९८ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।