महामुर्ख सम्मेलन,अविरकाे सट्टा फूलले हाेली खेलिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । मिथिला नाट्‍य कला परिषद् ९मिनाप० जनकपुरले कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो परिषद्‍ले शनिबार यहाँ पत्रकार सम्मेलन गरेर भाइरस संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने  र अबिरको सट्टा फूल प्रयोग गरेर महामुर्ख सम्मेलन मनाउने जानकारी दिएको छ ।

परिषद्का अध्यक्ष परमेश झाले आइतबार डम्फावादन प्रतियोगिता, होली पर्वमाथि चर्चापरिचर्चा र होली गीत गायनमा उत्कृष्टलाई पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको बताए ।

त्यस्तै सोमबार होली गीत गायन, मिनापको हास्य शैलीमा व्यङ्ग्य शैलीमा नाटक प्रस्तुति, हाँस्य कविगोष्ठी, मुर्ख र महामुर्खको उपाधि वितरण गरिनेछ । स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायसहित होली पर्व मनाउने उनले बताए । 

रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।