मञ्जुश्री फाइनान्सको १३ औँ वार्षिक साधारणसभा पुस २९ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौ नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २३.५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १८ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगको मर्जर प्रक्रियाका लागि आवश्यक सम्पूर्ण गतिविधि गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।