काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेका ट्याक्सीहरुको हालको गुणस्तरको मूल्यांकन गरी यात्रुहरुलाई सहजता दिन आवश्यक अध्ययन गर्न विमानस्थलस्थित सवारी पार्किङ अनुगमन कमिटीलाई निर्देशन दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल प्रशासनलगायतका सम्बद्ध पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले त्यस्ता ट्याक्सीहरुको गुणस्तर, मापदण्ड, भाडादर आदि विषयमा १ महिना भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन्।
मन्त्री भट्टराईले विमानस्थल स्थित ड्यूटी फ्रि पसल पूनः संचालनका निम्ति बिक्री गरिने सामानहरुको सूचीसहित विमानस्थल व्यवस्थापनवाट यथाशिघ्र पेश गर्ने र मन्त्रालयस्तरवाट सम्वन्धित निकायमा समन्वय गरी ड्यूटी फ्रि पसल संचालन को लागी पहल गर्ने पनि बताएका छन्।
Comment