एघारौं दिनमा वेत्रावतीबाट ६४ वर्षीया वृद्धाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भोटेकोशी बाढीमा परेकी एक महिलाको एघारौं दिनमा जीवितै उद्धार गरिएको छ।

शनिबार नुवाकोटको बिदुर नगरपालिका–१०, वेत्रावतीस्थित एक घरबाट सशस्त्र प्रहरीको टोलीले महिलाको जीवितै उद्धार गरेको हो।

वेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको सशस्त्रका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनको आफ्नै घरको चौथो तलबाट उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा खटिएको टोलील्े श्रेष्ठको उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए। उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।