यी हुन् बालेन सरकारको मन्त्रिपरिषद्का ७ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले बाढी प्रभावित जनाताको उद्धार तथा राहतका लागि ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो सहित विभिन्न ७ निर्णयहरू गरेको छ ।

यस्ता छन् मुख्य निर्णय

१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।

२.रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनस्र्थापना योजना अन्तर्गत राहत, कर तथा महसुल छुट लगायत अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने।

३. साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत कुल २५,००० मेट्रिक टन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने।

४. रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा नि:शुल्क औषधि उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक १० लाख राहत उपलब्ध गराउने।

५. विक्रम संवत २०८३ साल भदौ २३ गते ‘जेनजी शहीद दिवस’को अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने।

६. २०८३ साल भदौ १० गते नेपाल-चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको १३ औं दिनको पुण्य तिथिका दिन अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आधा झुकाउने ।

७. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।