धितोपत्र र बीमा ऐन विपरीतको कसूरमा संलग्न ४ जनालाई सीआईबीले गर्‍यो पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले धितोपत्र र बीमा ऐन अन्तर्गतको कसूरमा संलग्न भई फरार रहेका ४ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान अगाडि बढाएको ब्युरोले उनीहरूलाई भदौ ८ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।

पक्राउ पर्नेहरूमा हिमालयन इन्भेष्टमेन्ट बैंकरका लगानी सदस्य सुभास पौडेल, क्रेष्ट माइक्रो लाईफ ईन्स्योरेन्सकी सञ्चालक सदस्य सुनिता महर्जन र नेपाल माइक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्यहरू अनुप मालाकार तथा सुनिता श्रेष्ठ रहेका छन् । ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पेश गरिसकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।