कृषि विकास बैंकको नाइमा विशेष अफर, ब्याजदर प्रिमियम र सेवा शुल्क दुवैमा ३३.३३% सम्म छुट!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंकले नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले ब्याजको प्रिमियम दर र सेवा शुल्क दुवैमा ३३.३३ % सम्म छुट पाउने बैंकले जनाएको छ ।

साथै, बैंकले गाडी किन्न इच्छुक ग्राहकका लागि आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा गएर कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ ।

ग्राहकले कागजपत्र पूरा गरेपछि बैंकले गाडी किन्न तुरुन्तै स्वीकृतिपत्र प्रदान गर्ने बैंकले जनाएको छ ।

यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा बैंकको नजिकैको शाखामा सम्पर्क गरी वा कल सेन्टर नम्बर ०१५९७०१६१ मा फोन गरी लिन सकिने समेत बैंकले जनाएको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।