काठमाडौं । निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले प्रिमियम एसयूभी ‘निसान टेकटन’ सार्वजनिक गरेको छ ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको टेकटन ‘डिजाइन्ड टु डिस्रप्ट’ अवधारणामा आधारित रहेको कम्पनीले जनाएको छ । गत जुलाई ९ मा भारतको मुम्बईमा विश्वव्यापी सार्वजनिक प्रदर्शनपछि दक्षिण एसियाली बजारमा ल्याइएको यो एसयूभीले निसानको ७५ वर्ष लामो एसयूभी विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।
निसानको फ्ल्यागशिप एसयूभी ‘निसान पेट्रोल’बाट प्रेरित टेकटनमा बोल्ड तथा मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, अपराइट स्टान्स, सिग्नेचर सी–सेप्ड एलईडी लाइटिङ तथा होरिजन्टल फ्रन्ट डिटेलिङ राखिएको छ । सहरी सडकदेखि पहाडी राजमार्गसम्म प्रभावशाली उपस्थिति दिने गरी एसयूभी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
प्रविधि र सुविधामा जोड
टेकटनको इन्टेरियरमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता कनेक्टिभिटी सुविधा दिइएको छ ।
त्यस्तै, इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यू क्यामेरा, ई–सिफ्टर तथा प्रिमियम इन्टेरियर फिनिसलगायतका सुविधा रहेका छन् । कम्पनीका अनुसार यी सुविधाले चालक तथा यात्रुलाई थप सहज र आरामदायी अनुभव प्रदान गर्नेछन् ।
एसयूभीमा ७०० लिटरसम्मको बुट स्पेस, ६ वटा एयरब्याग तथा ३६० डिग्री क्यामेरा उपलब्ध छन् । सुरक्षातर्फ इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र ब्लाइन्ड स्पट वार्निङलगायतका उन्नत चालक सहायता प्रणाली (ADAS) समावेश गरिएको कम्पनीले जनाएको छ ।
दुई पावरट्रेन विकल्प
निसान टेकटन टर्बो टी१६० र टर्बो टी२८० गरी दुई पावरट्रेन विकल्पमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमध्ये अधिकतम १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्ने क्षमता रहेको छ ।
टर्बो टी२८० भेरियन्टमा ६–स्पीड वेट–क्लच डुअल क्लच ट्रान्समिसन (DCT) तथा ई–सिफ्टर उपलब्ध छ । यसले सहज गियर परिवर्तन, नियन्त्रण र ड्राइभिङ अनुभवलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सहभागी आगन्तुकले निसान टेकटनलाई प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको प्रविधि, डिजाइन तथा सुविधाबारे जानकारी लिन सक्नेछन् । साथै, निसानका उत्पादन विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।





Comment