काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार तोलामा आठ हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ९०० रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार तोलामा चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment