काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से एकल अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ४.७९ अंकले बढेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ।
नेप्से मंगलबार २१.१५ अंकले घटेको थियो। सोमबार पनि १.२० अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१८ प्रतिशतले बढ्दै नेप्से २६६७.९७ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.६० अंकले घटेर ४६७.३६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.०२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१९ प्रतिशतले घट्यो।
सेयरबजारमा बुधबार ३५० कम्पनीको ६१ हजार २८६ पटकको कारोबारमा एक करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँको कारोबार भयो।
नेप्सेमा मंगलबार चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० रुपैयाँको कारोबार भएको थियो भने सोमबार चार अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १२२ कम्पनीका सेयरमूल्य बढे। १४३ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बुधबार) १३ समूहको कारोबार भएकामा पाँच समूहका सूचक बढे भने बाँकी आठ कम्पनीका सूचक ओरालो लागे।
जसअनुसार नेप्सेमा मंगलबार वाणिज्य बैंक ०.४२‚ विकास बैंक ०.५० र फाइनान्स समूहको सूचक ०.३४ प्रतिशतले घट्यो। होटेल तथा पर्यटन ०.२२ र जलविद्युत् समूहको सूचक १.४५ प्रतिशतले बढ्यो।
यस्तै लगानी ०.०६ र जीवन बिमा समूहको सूचक ०.०७ प्रतिशतले घट्यो भने उत्पादन तथा प्रशोधन समूहको सूचक ०.०२ प्रतिशतले बढ्यो।
यसैगरी लघुवित्त ०.३२‚ म्युचुअल फन्ड ०.०६ र निर्जीवन बिमा समूह ०.१० प्रतिशतले घट्यो। अन्य ०.२६ र व्यापार समूहको उपसूचक १.६० प्रतिशतले बढ्यो।
नेप्सेमा बुधबार सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। यस्तै एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले भने ९.०३ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार यसको ५८ करोड १० लाख ८० हजार ४८६ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि रिडी पावर कम्पनी लिमिटेड अगाडि रह्यो। बुधबार यसको नौ लाख ३१ हजार ४५३ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३८४ रुपैयाँ कायम रह्यो।

Comment