नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।

नेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न सम्झौताअनुसार बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सोअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अतितम थापा र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रबन्ध निर्देशक डा. रविन्द्रराज पाण्डे ले हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार यस सहकार्यले ग्राहक र कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाल बैंकले हाल देशभर २३१ शाखा, २६८ एटीएम र ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले सेवा विस्तारसँगै ग्राहकमुखी सुविधाहरू थप गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।