सिटिजन लाइफको मोबाइल एपदेखि बीमाशुल्क भुक्तानीसम्मका सेवा ३ दिन अवरुद्ध हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ।

कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा प्रतिस्थापन गर्न लागिएकाले उक्त अवधिमा सेवा प्रभावित हुनेछ। नयाँ प्रणाली साउन १८ गते बिहान ८ बजेदेखि सञ्चालनमा आउनेछ।

सेवा अवरुद्ध रहने अवधिमा केन्द्रीय कार्यालय, शाखा तथा उपशाखाबाट प्रदान हुने बीमालेखसम्बन्धी सेवा, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप, ग्राहक पोर्टल तथा अभिकर्ता पोर्टल सबै बन्द रहने कम्पनीले जनाएको छ।

सेवामा हुने असुविधाप्रति कम्पनीले ग्राहकसँग क्षमायाचना गरेको छ। साथै, सेवा बन्द रहेका कारण अन्तिम मिति परेका नवीकरण बीमाशुल्कमा साउन २० गते (बुधबार)सम्म भुक्तानी गरे विलम्ब शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले नयाँ प्रणाली कार्यान्वयनपछि ग्राहकलाई अझ सहज, सरल, सुलभ र सुरक्षित जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।