नाइमा एक्स्पोमा ‘रिभर इन्डी’ ईभी स्कुटर सार्वजनिक हुँदै, कति पर्छ मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको विद्युतीय दुईपांग्रे सवारीसाधन बजारमा नयाँ प्रिमियम स्कुटर थपिने भएको छ। विशाल इन्टरप्राइजेज नेपाल प्रालिले भारतको चर्चित विद्युतीय स्कुटर ‘रिभर इन्डी’ आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।

औपचारिक सार्वजनिक हुनुअघि रिभर इन्डी काठमाडौंका विभिन्न सडकमा परीक्षणका क्रममा देखिएको छ। विशेषगरी ह्वाइट गुम्बा क्षेत्रको उकालो सडकमा गरिएको परीक्षणले नेपाली सडक तथा भौगोलिक अवस्थाअनुसार यसको कार्यक्षमता मूल्यांकन गरिएको संकेत गरेको छ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय दुईपांग्रे सवारीसाधनको माग तीव्र रूपमा बढिरहेका बेला रिभर इन्डीले उपभोक्ताको आवश्यकता सम्बोधन गर्ने अपेक्षा गरिएको छ। राम्रो रेन्ज, उच्च कार्यसम्पादन, मजबुत निर्माण तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषतासहित विकास गरिएको यो स्कुटरलाई कम्पनीले ‘एसयूभी अफ स्कुटर्स’ को अवधारणामा आधारित रहेको जनाएको छ। कम्पनीका अनुसार स्कुटर शहरी तथा ग्रामीण दुवै प्रकारका सडकलाई लक्षित गरी डिजाइन गरिएको हो।

भारतको बेङ्गलुरुस्थित विद्युतीय सवारी निर्माता रिभरद्वारा उत्पादन गरिएको इन्डीले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाइसकेको छ। कम्पनीका अनुसार यसले रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४ तथा रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५ प्राप्त गर्दै यस्तो उपलब्धि हासिल गर्ने एकमात्र भारतीय दुईपांग्रे सवारी बनेको छ।

रिभर इन्डीमा ४ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा आईडीसी मापदण्डअनुसार १६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता रहेको जनाइएको छ।

यसमा १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा, ५५ लिटर क्षमताको स्टोरेज, विशेष राइडर फुटपेग तथा ८ वर्षसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ।

नेपाली बजारका लागि रिभर इन्डीको अधिकतम खुद्रा मूल्य (एमआरपी) ३ लाख ७० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।