ईमास-५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भक्तपुरको राधे–राधेमा नयाँ अत्याधुनिक सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। मंगलबार आयोजित उद्घाटन समारोहमार्फत कम्पनीले उक्त शाखाको औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो।

कम्पनीका अनुसार, भक्तपुरस्थित नयाँ सोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन केन्द्रमध्ये एक हो। हालै उत्कृष्ट मूल्यसहित सार्वजनिक गरिएको कम्प्याक्ट ईभी एसयुभि ‘प्रोटोन ईमास–५’ को बजार विस्तारसँगै कम्पनीले आफ्नो बिक्री तथा सेवा सञ्जाललाई पनि तीव्र गतिमा विस्तार गरिरहेको जनाएको छ।

जगदम्बा मोटर्सले ग्राहक–केन्द्रित सेवा प्रदान गर्दै नेपालमा अग्रणी विद्युतीय सवारी (ईभी) ब्रान्डका रूपमा योगदान पुर्‍याउने लक्ष्यसहित देशभर शाखा विस्तार अभियान अघि बढाएको बताएको छ। कम्पनीका प्रतिनिधिका अनुसार, प्रोटोन ब्रान्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई मध्यनजर गर्दै उत्पादन तथा सेवाको पहुँच सहज बनाउन नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको हो।

भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा समेत नयाँ आधिकारिक सोरुमहरू सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले काठमाडौंको नक्साल र थापाथलीसहित विराटनगर, चितवन, पोखरा, बुटवल तथा धनगढीबाट बिक्री तथा सर्भिस सेवा प्रदान गर्दै आएको थियो। नयाँ शाखा थपिएसँगै ग्राहकहरूले देशभरका विभिन्न स्थानबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भारसम्बन्धी सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डका सवारी साधनहरूको आधिकारिक वितरण गर्दै आएको छ। मलेसियाको राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि चिनियाँ अटोमोबाइल कम्पनी जिलीसँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।

हाल ‘प्रोटोन ईमास’ मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भइसकेको छ। कम्पनीले नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।