मदनकृष्ण श्रेष्ठको बायोपिक बन्ने, मुख्य भूमिकामा महेश त्रिपाठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । वरिष्ठ कलाकार तथा हास्यव्यंग्यकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र ‘मदनकृष्ण’ को औपचारिक घोषणा गरिएको हो।

चलचित्रलाई निर्देशक मिलन चाम्स ले निर्देशन गर्नेछन् भने अभिनेता महेश त्रिपाठी मदनकृष्ण श्रेष्ठको मुख्य भूमिकामा देखिनेछन्। यस्तै अभिनेत्री केकी अधिकारी ले मदनकृष्णकी धर्मपत्नी यसोधा श्रेष्ठ को भूमिका निर्वाह गर्ने भएकी छन्।

निर्माण टिमका अनुसार चलचित्रमा हरिवंश आचार्य, देशभक्त खनाल, किरण केसी, राजाराम पौडेल तथा यमन श्रेष्ठ लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् भने कथा तथा पटकथा यम थापा ले तयार पार्नेछन्। चलचित्रको छायांकन आगामी भदौ महिनादेखि सुरु गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

नेपाली कला, साहित्य तथा मनोरञ्जन क्षेत्रमा दशकौँदेखि सक्रिय रहँदै आएका मदनकृष्ण श्रेष्ठले हास्यव्यंग्य, अभिनय र सामाजिक चेतनामूलक सिर्जनामार्फत महत्वपूर्ण योगदान दिएका छन्। उनको जीवन, संघर्ष र कलायात्रालाई पर्दामा उतारिने भएकाले चलचित्रलाई विशेष चासोका साथ हेरिएको छ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ‘मह जोडी’ का नामले परिचित छ। नेपाली मनोरञ्जन क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानलाई समेट्ने अपेक्षा गरिएको यस चलचित्रले दर्शकमाझ ठूलो उत्सुकता सिर्जना गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।