काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै १८औँ कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड–२०२६ बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।
ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रममा ‘लाइफटाइम एचिभमेन्ट’, ‘कर्पोरेट बिजनेस लिडरसिप’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’ तथा ‘कर्पोरेट एक्सिलेन्स’ गरी पाँच विधामा २९ वटा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
यस वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ उद्योगी तथा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्र वीर मालाकार लाई प्रदान गरिएको छ। यस्तै, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यवसायी, वित्तीय संस्था तथा उद्यमीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे समेत छलफल गरिएको थियो। अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार र रोजगारी सिर्जनाका विषयमा सहभागीहरूले जोड दिएका थिए।
कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

Comment