काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।
पार्टी सभापति रवि लामिछानेको अग्रसरतामा सोमबारका लागि सो बैठक बोलाइएको हो ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई-दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । समसामयिक राजनीतिका जल्दाबल्दा विषयमा साझा धारणा बनाउन रास्वपाले यो पहल गरेको पार्टीले जनाएको छ ।

Comment