कास्की कारागारबाट भागेका कैदी म्याग्दीमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी। जेन-जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका ९‚ गलेश्वरबाट पक्राउ गरेको छ।

जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका ९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो।

शुक्रबार राति ९ बजे गलेश्वरमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

“कास्की जिल्ला अदालतले सात वर्ष कैद फैसला सुनाएका सार्की पोखरास्थित कारागारमा सह-नाइकेको जिम्मेवारीमा रहेको खुलेको छ‚” उनले भने, “छानबिनका क्रममा गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।