किन प्रहरीको नियन्त्रणमा परे सचिव पुष्कर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार करिब ७ घन्टा नियन्त्रणमा लिएर केरकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमनमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको हो ।

उनले व्यक्तिगत स्वार्थका लागि ‘चेन अफ कमाण्ड’ मिचेको आरोप छ ।

प्रहरीले उनलाई कपनस्थित घरबाटै नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो । स्रोतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सिधै म्यासेज पठाएर राजनीतिक नियुक्ति माग गरेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।