विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

सूचनाअनुसार कार्यकारी प्रमुख पदका लागि इच्छुक उम्मेदवारहरूले पहिलो पटक सूचना प्रकाशित भएको जेठ २२ गतेदेखि असार १ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउन सक्नेछन् ।

दरखास्त सिंहदरबारस्थित गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखामा रीतपूर्वक दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।

यस नियुक्तिसम्बन्धी स्वीकृत कार्यविधि, योग्यता तथा अन्य विस्तृत विवरणका लागि गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न सकिने मन्त्रालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।