नेप्सेसँगै कारोबार रकम घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से दोहोरो अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १३.४६ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४८ प्रतिशतले घटेको नेप्से २७६६.७८ विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.६७ अंकले घटेर ४७३.७६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.३५ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.३६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० प्रतिशतले घटेको छ।

सेयरबजारमा बिहीबार ३५३ कम्पनीको ५१ हजार ६०१ पटकको कारोबारमा एक करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ७० करोड ३३ लाख २६ हजार ९४५ रुपैयाँको कारोबार भयो।

नेप्सेमा बुधबार पाँच अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँको कारोबार भएको थियो। मंगलबार पाँच अर्ब २६ करोड ५३ लाख ७५ हजार २९९ रुपैयाँको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ६३ कम्पनीका सेयरमूल्य मात्र बढे। १९८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा आठ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बिहीबार) १३ समूहका कारोबार भएकामा म्युचुअल फन्डबाहेक सबै १२ समूहका सूचक राताम्मे बने।

जसअनुसार बिहीबार वाणिज्य बैंक ०.०३‚ विकास बैंक ०.४४‚ फाइनान्स ०.२३‚ होटेल तथा पर्यटन १.०७‚ जलविद्युत् ०.५१‚ लगानी ०.४६‚ जीवन बिमा ०.४६‚ उत्पादन तथा प्रशोधन ०.५३ र लघुवित्त समूहको सूचक ०.१८ प्रतिशतले ओरालो लागे। म्युचुअल फन्ड समूहको सूचक ०.३२ प्रतिशतले बढ्दा निर्जीवन बिमा १.२०‚ अन्य ०.७५ र व्यापार समूहको उपसूचक १.७१ प्रतिशले घट्यो।

नेप्सेमा बिहीबार कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा एसबीएल डिबेन्चरका लगानीकर्ताले १०.४८ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज ईबीएल डिबेन्चर अग्रस्थानमा रह्यो। बिहीबार यसको ३४ करोड एक लाख ५३ हजार ७४ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि आँखुखोला नै अगाडि रह्यो। बिहीबार यसको सात लाख ४७ हजार ७०० कित्ता सेयर कारोबार भयो।

बुधबार यसको नौ लाख ८८ हजार १७७ कित्ता कारोबार हुँदा मंगलबार १० लाख ८१ हजार ३१३ कित्ता सेयर कारोबार भयो। यसैगरी सोमबार नौ लाख ९७ हजार ५३१ कित्ता सेयर किनबेच भएको थियो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४४२ रुपैयाँ कायम रह्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।