जापानले नागढुंगा सुरुङलाई थप ५ अर्ब ऋण दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानले नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि नेपाललाई थप ५.७ अर्ब येन (५.५ अर्ब रुपैयाँ) ऋण दिने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका छन् । यसअघि सन् २०१६ डिसेम्बर २२ मा यस परियोजनाका लागि १६.६३ अर्ब येनको ऋण सम्झौता भएको थियो । यससँगै यस परियोजनाका लागि कुल सहयोग २२ अर्ब जापानी येनभन्दा बढी पुगेको छ।

सन् २०१९ मा निर्माण थालिएको नागढुंगा सुरुङको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ । आगामी साउनदेखि व्यवसायिक संचालनमा ल्याउने तयारी छ । सुरुङ संचालनका लागि सेवा प्रदायक कम्पनी समेत छनोट भइसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।