ग्यालेक्सी टीभीको उपकरण लिलामी गर्ने तयारीमा महानगर, १५ दिने अल्टिमेटक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोरके टेलिभिजन) लाई आफ्ना सरसामान लैजान १५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र घरधनीलाई तिर्नुपर्ने बहाल रकम बुझाई सामान नलगेमा ती सामानहरू लिलाम गर्ने चेतावनी दिएको हो ।

आफ्नो घरजग्गा खाली गराई पाऊँ र बाँकी भाडा असुल गरिपाऊँ भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई विरुद्ध मृगेन्द्र प्रसाद मिश्रले मुद्दा दायर गरेका थिए ।

महानगरपालिकाको न्यायिक समितिले २०८१ साल कात्तिक १४ गते नै घरजग्गाको बहाल रकम भराई घर खाली गरिदिने निर्णय गरेको थियो ।

सो निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र महानगरको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो ।

महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनी वादीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसामान लैजान यो अन्तिम सूचना प्रकाशित गरिएको छ ।’

महानगरले तोकिएको १५ दिनभित्र सामान नलगेमा ‘काठमाडौँ महानगरपालिका विवाद निरुपण ९कार्यविधि० ऐन, २०७५’ को दफा ७० बमोजिम ती सामानहरू लिलाम प्रक्रियाबाट बिक्री गरिने स्पष्ट पारेको छ ।

ग्यालेक्सी ४के टेलिभिजनका अध्यक्ष जीबी राई हाल फरार रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।