पत्रकार श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भन्दै प्रेस चाैतारी र प्रेस सेन्टरको पनि आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी धम्की र दबाब दिने तथा पक्राउ गर्ने प्रयास भएको भन्दै पत्रकारसम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन् । उनीहरूले योजनाबद्ध रूपमा पत्रकारलाई निगरानी गर्ने प्रयास भइरहेको भन्दै खबरदारी गरेका हुन् ।

पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघसहित प्रेस चौतारी र प्रेस सेन्टरले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भन्दै निन्दा गरेका हुन् ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा पत्रकार श्रेष्ठलाई धरपकड गर्ने र समाचारको स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको दाबी गरिएको छ ।

त्यस्तै, प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा पत्रकार श्रेष्ठविरुद्ध सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट दुष्प्रचार र धम्की दिने काम भइरहेको उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।