शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालाहरूको भूमिका गोष्ठी भरतपुरमा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । सिर्जनशील नेपाल को आयोजना तथा भरतपुर महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा “शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालाहरूको भूमिका” विषयक एक दिवसीय गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जेठ १० गते आइतबार आदर्श माध्यमिक विद्यालय को सभाहलमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूले शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको आवश्यकता तथा समुदायको भूमिकाबारे धारणा राखेका थिए।

कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनाल ले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी शिक्षा विकास निर्देशनालय बागमती प्रदेश का महानिर्देशक गोपालप्रसाद कँडेल, पूर्व उपसचिव तथा शिक्षाप्रेमी खेमनन्द भुसाल र पूर्व प्रधानाध्यापक भुवानीप्रसाद पौडेल ले प्रशिक्षकका रूपमा विशेष प्रस्तुति दिएका थिए। उनीहरूले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा शिक्षा तथा सरोकार कार्यक्रमका अभियन्ता एवं आजीवन सदस्य विश्वराज अर्याल ले कार्यक्रमको औचित्य र महत्वबारे प्रकाश पार्दै यस्ता अन्तरक्रियाले शिक्षा क्षेत्र सुधारमा सकारात्मक प्रभाव पार्ने बताए।

वडा नं. २६ अन्तर्गत रहेका ९ वटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि, शिक्षक अभिभावक संघका प्रतिनिधि, बालशिक्षक, शिक्षक प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा टोल विकास समितिका पदाधिकारीहरूको कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका सदस्य दयानिधि अर्याल ले कार्यक्रमको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए भने सहसचिव शोभाकर भण्डारी ले अन्तरक्रियापछि सहभागीहरूले कार्यक्रम फलदायी र ज्ञानवर्द्धक भएको प्रतिक्रिया दिएको जानकारी दिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मुक्तिनाथ ढकाल ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने वडा कार्यालय, सहयोगी संस्था तथा व्यक्तित्वहरूलाई धन्यवाद दिए। साथै ललितपुरको गोदावरी वडा नं. ३ निवासी उपेन्द्र अर्याल, विभिन्न प्राविधिक सामग्री सहयोग गर्ने सहयोगीहरू तथा युवा माध्यमिक विद्यालय का प्रधानाध्यापक प्रमोद अधिकारी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।