दोहोरो अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ अंकमा पुगेको हो ।

बुधबार कारोबारमा आएका ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयरहरु ५२ हजार ३३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से ६.५१ अंकले घट्दा कारोबार रकम ३ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ पुगेको थियो ।

बुधबार उपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माउन्टेन हाइड्रोको सेयर मूल्य ११.८८ प्रतिशतले बढेको बजारमा बुङ्गल हाइड्रोपावरको सेयर मूल्य ७.५१ प्रतिशत, शिखर पावरको सेयर मूल्य ६.१२ प्रतिशतले र सिटी होटलको सेयर मूल्य ५.९० प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि कर्पाेरेट विकास बैंकको सेयर मूल्य १३.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा कर्पाेरेट विकास बैंक १८ करोड ३५ लाख १३ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पाल्पा सिमेन्ट २ हजार १६१ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।