नेपाल बैंकको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त, गभर्नरसमक्ष लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बैंकको सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम उनले आफ्नो कार्यभार सम्हाल्नका लागि औपचारिक रूपमा शपथ लिएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।