काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अंकतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग २ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित निकालेको हो।

Comment