काठमाडैं । सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई-भिताराको डेलिभरी औपचारिक रूपमा सुरू गरेको छ। नेपाली बजारमा कम्पनीको पहिलो पूर्ण रूपमा निर्मित (सीबीयु) ब्याट्री सञ्चालित विद्युतीय सवारी (बीईभी) का रूपमा यो एक महत्त्वपूर्ण कोसेढुङ्गा हो।
विश्वसनीय जापानी इन्जिनियरिङ, उन्नत विद्युतीय सवारी प्रविधि, उत्कृष्ट सुरक्षा सुविधा र दैनिक प्रयोगका लागि व्यावहारिकता समेटिएको सुजुकी ई-भिताराले देशभरका ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइसकेको छ। बुकिङ भएका युनिटहरूको डेलिभरी सुजुकीको देशभर रहेका २५ आधिकारिक डिलर सञ्जालमार्फत भइरहेको छ ।
लन्चको उपलक्ष्यमा सीजी मोटोकर्पले यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो विशेष ‘इन्ट्रोडक्टरी’ मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
यस अन्तर्गत ४८.८ kWh ब्याट्री क्षमता र ४४० किमी रेन्ज भएको भेरियन्टको वास्तविक बजार मूल्य ५२ लाख ९९ हजार रुपैयाँ भए तापनि सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ग्राहकले ३ लाख रुपैयाँ बचत गर्न सक्नेछन्।
त्यसैगरी, ५४३ किमी रेन्ज र ६१.१ kWh ब्याट्री क्षमता भएका अन्य तीन भेरियन्टहरूको वास्तविक मूल्य क्रमशः ५७ लाख ९९ हजार, ६३ लाख ९९ हजार र ६४ लाख ४९ हजार रुपैयाँ रहेकोमा इन्ट्रोडक्टरी मूल्य क्रमशः ५३ लाख ९९ हजार, ५९ लाख ९९ हजार र ६० लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ। यी प्रत्येक भेरियन्टमा ग्राहकले ४ लाख रुपैयाँसम्मको आकर्षक बचत प्राप्त गर्नेछन्।
नेपालभर अवस्थित २५ आधिकारिक सुजुकी बिक्री केन्द्र र ४० सुजुकी सर्भिस सेन्टरद्वारा प्रदान गरिने अत्याधुनिक सेवा सुविधा, सुनिश्चित स्पेयर पार्ट्सको उपलब्धता र प्रशिक्षित प्राविधिक दक्ष जनशक्तिका कारण सुजुकी ई-भिताराले ग्राहकलाई सहज र विश्वसनीय स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीले जनाएकाे छ।
धेरै नयाँ विद्युतीय गाडीहरू बजारमा आइरहेको समयमा सुजुकीको दशकौँको विश्वास र प्रमाणित बिक्रीपश्चात्को क्षमताले ग्राहकका लागि पार्ट्स सहायता तथा स्वामित्वको विश्वासलाई थप बलियो बनाएको छ । सुजुकीले सन् २०३० सम्ममा थप ६ वटा नयाँ ईभी लन्च गर्ने योजना समेत अघि सारेको छ ।
सुजुकी ई–भिटाराका मुख्य विशेषताहरूः
यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटको दमदार पावर आउटपुट दिन्छ ।यी उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ। यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ।
कम्पनकिा अनुसार ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी हो । यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ। यसको भविष्यमुखी डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याउनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, देशभर फैलिएको सुजुकीको विशाल सर्भिस नेटवर्कले हाम्रा सबै ग्राहकहरूलाई तनावरहित र ढुक्कको स्वामित्वको अनुभव सुनिश्चित गर्नेछ ।
भविष्यमुखी डिजाइन र आरामदायी
बाहिरी आवरणः मस्कुलर र बोल्ड एसयूभी स्टान्सः ई–भिटाराको बोल्ड पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइन, जस्तै (१८ इन्च) एरोडाइनामिक अलोय ह्वील र रूफ–एन्ड स्पोइलरले गाडीलाई बलियो र डाइनामिक लुक दिन्छ। नेक्स्ट–जेनेरेसन नेक्स्ट्रे ३–पोइन्ट म्याट्रिक्स एलईडी डीआरएलहरू र एलईडी प्रोजेक्टर हेडल्याम्पहरूले यसको अगाडिको भागलाई थप आकर्षक बनाएको छ।
भित्री आवरण: प्रिमियम, उत्कृष्ट र बहुमुखीपनः ई–भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन–डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड–ग्लास सनरुफ, र मल्टि–कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट–टच डुअल–टोन मेटेरियल प्रयोग गरिएको छ, जसले प्रिमियम अनुभव प्रदान गर्छ। यसमा २५.६५ सेन्टिमिटर (१०.१ इन्च) को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६.०४ सेन्टिमिटर (१०.२५ इन्च) को मल्टि–इन्फर्मेसन डिस्प्ले रहेको छ। ’इन्फिनिटी बाइ हर्मन’ को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउँछ।
आरामदायी यात्राः यात्रीहरूको आरामलाई प्राथमिकता दिँदै, ई–भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०–वे पावर–एडजस्टेबल ड्राइभर सिट रहेको छ। साथै, पछाडिको सिटमा ४०ः२०ः४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट, र रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ, जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ।
अत्याधुनिक प्रविधि
नयाँ ईभी प्लेटफर्म ( हार्टेक्ट–ई ) : ई–भिटारालाई पूर्णतया नयाँ ईभी प्लेटफर्म, हार्टेक्ट–ई मा निर्माण गरिएको छ। यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन, र उच्च भोल्टेज सुरक्षामा आधारित छ। २,७०० एमएमको लामो ह्वीलबेस र ५.२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाई सजिलै मोड्न र चलाउन सहज बनाउँछ। फ्ल्याट फ्लोर डिजाइनले उच्च–क्षमताको ब्याट्री प्याकलाई सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ।
पर्फर्मेन्सः यसको इलेक्ट्रिक पावरट्रेनमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत गरिएको उच्च क्षमताको ३–इन–१ प्रणाली रहेको छ। यो ६१ किलोवाट आवर र ४९ किलोवाट आवरका दुई लिथियम–आयन ब्याट्री प्याक विकल्पहरूमा उपलब्ध छ। ’स्यान्ड टु स्नो’ जस्ता चरम तापक्रममा परीक्षण गरिएका यी ब्याट्रीहरूले माइनस ३० डिग्री देखि ६० डिग्री सेल्सीयस सम्मको तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स दिन्छन्।
ड्राइभिङ अनुभवः यसमा इको, नर्मल र स्पोट्र्स (क्उयचतक) गरी तीन मोडहरू छन्, साथै हिउँ परेको बाटोको लागि ’स्नो टेरेन मोड’ पनि दिइएको छ। यसमा वान–पेडल ड्राइभिङ अनुभवको लागि प्रभावकारी रिजेनेरेटिभ मोड पनि छ। इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफै काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ।
विस्तृत सुरक्षा सुविधाहरू
हार्टेक्ट–ई प्लेटफर्म ५०% भन्दा बढी हाई–टेन्साइल स्टिलबाट बनेको छ र यसमा इनर्जी एब्जर्बिङ ब्याट्री प्याक माउन्टिङ स्ट्रक्चरसहितको एडभान्स्ड ब्याट्री सुरक्षा प्रणाली रहेको छ। ई–भिटारामा लेभल २ एडास, स्ट्यान्डर्ड ७ एयरब्याग (ड्राइभर–साइड नी एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारै पाङ्ग्रामा डिस्क ब्रेक, ई–कल सुविधा, टायर प्रेसर मोनिटरिङ सिस्टम ९टीपीएमएस० लगायतका सुरक्षा सुविधाहरू समावेश छन्।

Comment