लक्ष्मी सनराइज बैंक र आईएफसीबीच ‘बैंकिङ अन वुमन’ पहल अन्तर्गत सहकार्य सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग बैंकिङ अन वुमन (बिओडब्लु) पहलअन्तर्गत ग्लोबल डब्लुएमएसएमई सेक्स डिस्एग्रिगेटेड डेटा (एसडीडी)सहकार्य सम्झौता गरेको छ।

उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल महिला उद्यमी वित्त पहल (वीफाई) ले सहयोग गरिरहेको छ।

वीफाई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्लुएमएसएमई) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो।

यस अन्तर्गत सञ्चालन हुने वुमन आन्ट्रप्रिनर्स फाइनान्स कोड (द डब्लुई फाइनान्स कोड) वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवाला बीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राख्छ।

यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरे।

यस सहकार्य अन्तर्गत आईएफसी ले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांकको संकलन, विश्लेषण तथा उपयोग प्रकृया सुदृढ बनाउन सहयोग गर्नेछ। यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूका आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्नेछ। यसका आधारमा बैंकले महिला उद्यमीहरूका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधानहरू विकास गर्न सक्नेछ।

यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। बैंकले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।