नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।

आजको दिनमा नेप्से १.६४ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.०६ प्रतिशतले घटेको नेप्से २७११.२२ विन्दुमा अडिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले बढेर ४६३.१२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१७ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.०० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१५ प्रतिशतले बढेको छ।

सेयरबजारमा बुधबार ३३६ कम्पनीको ४७ हजार ८१४ पटकको कारोबारमा ७१ लाख १३ हजार ५५७ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँको कारोबार भयो। मंगलबार भने तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँको कारोबार भएको थियो। सोमबार सार्वजनिक बिदाका कारण नेप्से बन्द रह्यो।

सेयर बजारमा आज १०४ कम्पनीका सेयरमूल्य बढे। १४९ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १५ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा आठ समूहका उपसूचक बढे भने बाँकी पाँच समूहका उपसूचक घटे।

जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.१६ प्रतिशतले बढ्यो भने विकास बैंक समूहको सूचक ०.५१ प्रतिशतले घट्यो।

यस्तै फाइनान्स ०.१९ र होटेल तथा पर्यटन समूहको उपसूचक ०.२२ प्रतिशतले बढ्यो। जलविद्युत् समूहको उपसूचक ०.४३ प्रतिशतले घट्दा लगानी समूहको उपसूचक ०.४० प्रतिशतले बढेको छ।

यस्तै जीवन बिमा ०.३२ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.५६ प्रतिशतले घट्यो। लघुवित्त ०.४८‚ म्युचुअल फन्ड ०.८०‚ निर्जीवन बिमा ०.१९ र अन्य समूहको उपसूचक ०.०३ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक भने ०.२५ प्रतिशतले घट्यो।

नेप्सेमा बुधबार फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १३.७४ प्रतिशतले आम्दानी गरे। यसैगरी भगवती हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो। अघिल्लो कारोबार दिनमा पनि कारोबार रकमका आधारमा सोलु नै अगाडि थियो। बुधबार सोलुको २२ करोड ११ लाख ५३ हजार ६९० रुपैयाँको कारोबार भयो। मंगलबार भने २३ करोड ५७ लाख १६ हजार ५२२ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रह्यो। मंगलबार यसको चार लाख चार हजार १३३ कित्ता सेयर किनबेच भयो। आज (बुधबार) नेसनलको पाँच लाख १३ हजार १६३ मा कारोबार भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २७६ रुपैयाँ कायम रह्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।