८.७८ अंकले बढेको नेप्सेमा साढे तीन अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.७८ अंकले बढेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा ०.३२ प्रतिशतले बढेको नेप्से २७१२.८६ विन्दुमा अडिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले बढेर ४६२.३२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२७ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.३३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० प्रतिशतले बढेको छ।

सेयरबजारमा मंगलबार ३३५ कम्पनीको ६२ हजार २५ पटकको कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँको कारोबार भयो।

सेयर बजारमा आज १६२ कम्पनीका सेयरमूल्य बढे। ९० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सात समूहका उपसूचक बढे भने बाँकी ६ समूहका उपसूचक घटे।

जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.४३ प्रतिशतले बढ्यो। विकास बैंक ०.०४‚ फाइनान्स ०.१२ र होटेल तथा पर्यटन समूहको उपसूचक ०.०५ प्रतिशतले घट्यो। जलविद्युत् १.०२‚ लगानी ०.१८‚ जीवन बिमा ०.१० र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.६३ प्रतिशतले बढ्यो। लघुवित्त ०.२१ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूह भने ०.४४ प्रतिशतले बढ्यो।

निर्जीवन बिमा समूहको सूचक ०.१२ प्रतिशतले बढ्दा अन्य समूहको सूचक ०.०८ प्रतिशतले बढ्यो। व्यापार समूहको उपसूचक भने ०.२९ प्रतिशतले घट्यो।

नेप्सेमा मंगलबार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ११.१६ प्रतिशतले आम्दानी गरे। यसैगरी फर्वार्ड माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.३१ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो। आज सोलुको २३ करोड ५७ लाख १६ हजार ५२२ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रह्यो। मंगलबार यसको चार लाख चार हजार १३३ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २८२ रुपैयाँ कायम रह्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।