काठमाडाैं । भारतको सबैभन्दा ठूलो चार पाङ्ग्रे विद्युतीय सवारी साधन निर्माता टाटा डट ईभीले आज नयाँ ‘कर्भ डट ईभी सिरिज एक्स’ बजारमा ल्याएको छ ।
यस अन्तर्गत लामाे दुरी तय गर्न सक्ने, विशेषताले भरिपूर्ण र प्रिमियम स्वरूपका दुई नयाँ भेरिएन्टहरू ‘एकाम्प्लिस्ड एक्स ५५’ र ‘इम्पावर्ड एक्स ५५’ सार्वजनिक गरिएका छन् । यी गाडीहरू विशेष गरी आत्मविश्वासका साथ लामो दुरीको यात्रा गर्न चाहने ग्राहकहरूका लागि तयार पारिएका हुन् ।
बोल्ड र आकर्षक ‘एसयूभी कुप’ शैलीमा निर्मित यो गाडी ग्राहकको दैनिक आवश्यकतालाई ध्यानमा राखेर इन्जिनियरिङ गरिएको छ । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले १६७ हर्स पावर र २१५ न्युटन मिटरको टर्क प्रदान गर्दछ ।
एआरएआई प्रमाणित ५०२ किलोमिटरको रेन्ज र वास्तविक सडकमा करिब ४०० किलोमिटरको यात्रा सुनिश्चित गर्ने यो गाडी अन्तर-सहर यात्राका लागि उपयुक्त छ । यसका साथै, कम्पनीले पहिलो खरिदकर्ताका लागि १५ वर्षको ‘लाइफटाइम’ हाइ भोल्टेज ब्याट्री वारेन्टी समेत उपलब्ध गराएको छ ।
सुविधा र प्रविधिलाई प्राथमिकता दिने ग्राहकका लागि लक्षित यस भेरिएन्टमा प्यानोरामिक सनरुफ, २६.०३ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।
यसमा वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले र ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा जस्ता सुविधाहरू छन् । आरामदायी यात्राका लागि यसमा भेन्टिलेसन सहितको ‘आर-कम्फर्ट’ सिट, प्रिमियम लेदरेट अपहोल्स्ट्री र पछाडिको सिटमा घामबाट बच्न ‘सेरेनिटी स्क्रिन’ सनसेड्सको व्यवस्था गरिएको छ ।
यो सिरिजको सबैभन्दा विलासी भेरिएन्ट हो, जसमा एकाम्प्लिस्डका सबै सुविधाहरूका अतिरिक्त थप प्रिमियम सुविधाहरू समावेश छन् । यसमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन, जेबीएलको ९ वटा स्पिकर भएको साउन्ड सिस्टम, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट र लेभल २ एडास जस्ता २० वटा सुरक्षा सुविधाहरू छन् ।
थप आकर्षणका रूपमा यसमा १८ इन्चको एलोय ह्वील, भीटूभी र भीटूएल चार्जिङ सुविधा, इसाराले खुल्ने पछाडिको गेट र विशेष स्मार्ट लाइटिङ एनिमेशनहरू राखिएका छन् ।
आकर्षक मूल्यमा उपलब्ध गराइएको यस सिरिज अन्तर्गत एकाम्प्लिस्ड एक्स ५५ को मूल्य १६.९९ लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी, इम्पावर्ड एक्स ५५ को मूल्य १९.१९ लाख रुपैयाँ र इम्पावर्ड एक्स ५५ डार्क एडिसनको मूल्य १९.४९ लाख रुपैयाँ कायम गरिएको छ ।
यी गाडीहरू पाँचवटा रङका विकल्पहरूमा उपलब्ध हुनेछन्, जसमा नयाँ ‘नाइट्रो क्रिमसन’ र चर्चित ‘डार्क’ संस्करण समावेश छन् ।
टाटा मोटर्सका प्रमुख वाणिज्य अधिकारी विवेक श्रीवत्सबका अनुसार, यो नयाँ सिरिजले विद्युतीय सवारी साधनलाई अझ बढी पहुँचयोग्य र फलदायी बनाउँदै मिड-एसयूभी श्रेणीमा नयाँ मापदण्ड कायम गर्नेछ । एड्भान्स्ड प्योर ईभी ‘एक्टि डट ईभी’ आर्किटेक्चरमा आधारित यो गाडीले सुरक्षित र आधुनिक यात्राको अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

Comment