नेप्सेमा २५.८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको काराेबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा सीमित भएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा कायम भएको छ ।

बुधबार नेप्सेमा कुल ४ अर्ब ९८ करोड माथिको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ३० कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।