काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुन लागेको यी दुई टोलीबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो।
अंक तालिकाको स्थिति हेर्दा दुवै टोलीका लागि आजको खेल उत्तिकै महत्त्वपूर्ण छ। हालसम्मको तालिका अनुसार, नेपाल २१ खेलबाट १४ अंक जोड्दै सातौँ स्थानमा छ। अर्कोतर्फ, ओमान २५ खेलबाट २९ अंकका साथ तेस्रो स्थानमा रहँदै बलियो अवस्थामा देखिएको छ। यस शृंखलाको अर्को टोली युएई २२ खेलमा १२ अंकका साथ आठौँ स्थानमा छ।

Comment