काठमाडौं । नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले जनताको भावना विपरीत काम गरे कडा रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका सकारात्मक काममा समर्थन रहने तर जनहितविपरीत निर्णय भए सशक्त विरोध गरिने स्पष्ट पारे।
उनले भने, “सरकारले राम्रो काम गरे समर्थन गर्छौं, तर जनताको मन दुखाउने खालका काम भए त्यसको कडा प्रतिवाद गर्छौं।”
आङदेम्बेले लोकतान्त्रिक व्यवस्थामा संसद् प्रतिपक्षको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै जिम्मेवार प्रतिपक्षका रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे। साथै, पार्टीको नयाँ दृष्टिकोणअनुसार देशलाई सही दिशामा अघि बढाउन आफू सक्रिय रहने उनले बताए।

Comment