काठमाडौं। नेपालका लागि एमजीमोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्नो प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै पूर्ण इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्ने तयारी गरेको छ।
अत्याधुनिक प्रविधि र विलासी फिचरले भरिपूर्ण यो गाडी लक्जरी र फ्ल्गशिप गरी दुईवटा विशेष भेरियन्टमा उपलब्ध हुनेछ ।
असाधारण शक्ति र प्रदर्शन” एमजी यु ९ ईभी नेपाली बाटोहरूका लागि एक शक्तिशाली विकल्पको रूपमा प्रस्तुत गरिएको छ।
यसमा जडान गरिएको ड्युल माेटर (फ्रन्ट १२५ किलोवाट र रियर २०० किलोवाट) ले कुल ३२५ किलोवाट सम्मको पावर र ७०० एनएमको टर्क प्रदान गर्दछ । यो पिकअपले मात्र ५.८ सेकेन्डमा शून्यदेखि १०० किमी प्रतिघण्टाको गति समात्न सक्छ ।
यसमा रहेको एयर सस्पेन्सन र विभिन्न ड्राइभिङ मोडहरू (नर्मल, इकाे, स्पाेर्ट, स्नाे, Tow, अफराेड, कस्टम) ले कठिन भू-बनोटमा पनि आरामदायी यात्रा सुनिश्चित गर्दछ ।
ब्याट्री र रेन्ज: लामो यात्रालाई सहज बनाउन यसमा १०२.२ kWh क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ४३० किमी (डब्लुएलटीपी) सम्मको रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङ प्रविधि मार्फत यसलाई मात्र ४२ मिनेट (०.७ घण्टा) मा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
प्रिमियम इन्टेरियर र अत्याधुनिक फिचरहरू: गाडीको भित्री बनावट अत्यन्तै विलासी छ। यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम, र ६४ कलरको एम्बियन्ट लाइटिङ रहेको छ । फ्ल्यागशिप भेरियन्टमा चालकको सिटका लागि ८-वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरि फङ्सन जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन् ।
सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, र लेन किप असिस्ट जस्ता एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम फिचरहरू समावेश छन् । यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि छ । यसको ३५०० केजी सम्मको लोडिङ क्षमता र भी २ एल (भेइकल-टु-लाेड) प्रविधिले गर्दा प्रयोगकर्ताले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू पनि चलाउन सक्नेछन् ।
नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, एमजी यु ९ ईभीले प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ ।

Comment