होन्डाको अत्याधुनिक प्रविधियुक्त ‘थ्री एस शोरुम’ त्रिपुरेश्वरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानी सवारी साधन ब्रान्ड होन्डाले नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधियुक्त ‘थ्री एस (बिक्री, सेवा, जगेडा पुर्जा)’ केन्द्र सञ्चालनमा ल्याएको छ। नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले शुक्रबारदेखि काठमाडौंकोमा उक्त केन्द्र सञ्चालनमा ल्याएको हो।

ग्राहकलाई एकै छानामुनि सवारी साधन बिक्री, मर्मत सेवा तथा मौलिक जगेडा पुर्जाको सुविधा उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले यो दिन होन्डा नेपालका लागि दीर्घकालीन दूरदृष्टिको प्रतीक भएको बताए। उनले होन्डा मोटर्स र स्याकार ट्रेडिङबीचको सुदृढ सहकार्यका कारण विगत १० वर्षभन्दा बढी समयदेखि होन्डाले नेपालमा अग्रणी ब्रान्डको स्थान कायम राख्न सफल भएको उल्लेख गरे। साथै उनले होन्डा सवारी साधनको टिकाउपन, विश्वसनीयता र गुणस्तरमा केन्द्रित रहेको बताए।

कम्पनीका सेवा महाप्रबन्धक सीताराम न्यौपानेले होन्डाले बिक्री मात्र नभई बिक्रीपछिको सेवामा विशेष ध्यान दिने गरेको उल्लेख गर्दै ग्राहकलाई छिटो, पारदर्शी र ग्राहकमैत्री सेवा प्रदान गर्ने उद्देश्यले नयाँ अवधारणामा केन्द्र सञ्चालन गरिएको बताए।

कार्यक्रममा कम्पनीका विशेष परियोजना महाप्रबन्धक मुकुल श्रेष्ठले यो उद्घाटन केवल एउटा भवनको मात्र नभई नेपालमा होन्डाको सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याउने अभियानको सुरुवात भएको बताए।

उद्घाटन कार्यक्रममा तोसिओ कुवाहारा योशिकी कामिओ तथा कोजिरो कामिया लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।